२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्कटल्यान्डमाथि नेपालको लगातार दोस्रो जित

Nepal's second consecutive victory over Scotland

काठमाडौं । नेपालले आइसिसी यू १९ विश्वकप अघिको औपचारीक अभ्यास खेलमा पनि आफ्नो जित यात्रा कायम राखेको छ। यसअघि अनौपचारिक अभ्यास खेलमा नामिबिया र स्कटल्यान्डलाई नै हराएको नेपालले शनिबार भएको खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराउँदै अभ्यासमा लगातार तेस्रो जित निकाल्यो।

जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ३ विकेट गुमाएर ९९ रन जोड्दा वर्षाले खेल प्रभावित बनाएपछि खेलको निर्णय डिएल म्याथोडका आधारमा लिइएको थियो। नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्ड ४४.४ ओभरमा १ सय १४ रनमा अल आउट भयो। स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा गुलशन झा र तिलक भण्डारीले ३–३ विकेट लिएका थिए। नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्ने छ।यसअघि अनौपचारिक अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ। नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन्। शीर्ष तीनमा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ।

 

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस