२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज आइतबार सुन चाँदीको मूल्य झनै बढ्यो

gold price today nepal

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य झनै बढेको छ । १८ पुसयता घट्न थालेको सुनको मूल्य शुक्रबारदेखि बढ्न थालेको थियो । शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको सुनको मुल्य आज आइतबार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय रुपैयाँ थियो भने आज आइतबार १ लाख १९ हजार २०० र तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्यपनि आज बढेको छ । बिहीबार तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँमा खरिद बिक्री तोकिएकोमा आज आइतबार १ हजार ४२० रुपैयाँ मूल्य तोकिएको छ ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस