इटहरी/सुनसरी। सुनसरीको दक्षिणवर्ती बर्जुमा हरेक बर्ष संचालन हुँदै आएको बर्जु महोत्सव सुरु भएको छ। एक सय ५२ विघा क्षेत्रफलमा फैलिएर चराको मुख्य बासस्थान बन्दै आएको बर्जुतालको प्रचारप्रसार गर्न माघ ११ गते सम्म चल्ने महोत्सव शुक्रबार देखि सुरु भएको हो। शुक्रबार आयोजित भब्य कार्यक्रम का बीच पाँचौं बर्जु महोत्सव सुनसरी क्षेत्र नं ३ कि माननीय सांसद भगवती चौधरी ले समुद्घाटन गर्नुभयो।
उपत कार्यकम मा प्रमुख अतिथि माननीय सांसद भगवती चौधरी, बिशिस्ट अतिथि सुनसरी क्षेत्र नं ३ (क) का प्रदेस संसद माननीय राम देव यादव, बर्जु नगरपालिका का उप-प्रमुख, महोत्सव आयोजक बर्जु सामूदायिक विकास केन्द्रका अध्यक्ष श्रवणकुमार चौधरी लगायत हजारौ सर्वसाधारणको सहभागिता रहेको थियो।
यहाँ २०२६ सालअघिसम्म हजारौ–हजारको संख्यामा चरा आउँथे। तर, बीचमा तालको बाध भत्किएर सुख्खा भएकाले गर्दा आएनन, बाँध बाधेर व्यवस्थित गर्न थालेसँगै चरा आउँन थालेका हुन्। अहिले यहाँ एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेका छन्। बर्जु ताल २०५२ सालदेखि ताल संरक्षण गर्न थालिएमा अहिले पर्यटक आउने क्रम बढ्न थालेसँगै थप प्रचारप्रसार गर्न यसपटक पाँचौ बर्जु महोत्सव चलेको हो। महोत्सवमा हरेक बर्ष आउने अवलोकनकर्ताको संख्या बढ्दो छ। महोत्सव आयोजक बर्जु सामूदायिक विकास केन्द्रका अध्यक्ष श्रवणकुमार चौधरीका अनुसार बर्जुसँगै गढी, दुहवी, हरिनगर, इनरुवा, धरान, इटहरी र विराटनगरका अवलोकनकर्ता आउने गरेका छन्। अहिले चलिरहेको महोत्वमा दिनहुँ राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ।
बर्जु ताल सम्रक्षण को निम्ति रास्ट्रपति चुरे कार्यकम अन्तरर्गत रु ४ करोड बजेट बिनियोजन भएको माननीय माननीय सांसद भगवती चौधरी ले बताउनु भयो साथै बर्जु ताल सम्रक्षण को निम्ति सांसद चौधरीले बिभिन्न समयमा बजेट बिनियोजन गरेको/ गराएको भन्दै उपस्थित ठुलो जनसमुदायले माननीय सांसद भगवती चौधरीको मुक्तकण्ठले प्रसंसा गरेका थिए। आगामी दिनमा निरन्तर बर्जु सिमसार क्षेत्र को प्रवर्धन र बिकासको निम्ति क्रियासिल रहेन प्रतिवद्दता जाहेर गर्दै महोत्सव सफलताको सुभकामना दिनु भयो।
बर्जु महोत्सव को मुख्य आकर्षण कुस्ती प्रतियोगिता मा भारत बाट आएका कुस्तिवाज हरुलाई नेपाली कुस्तिवाज हरुले आफनै भूमिमा यसरि पछारेका थिए हेर्नुहोस् भिडियो।