२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तराइमा बाक्लो सितलहर : न्यानो कपडा बोकेर सांसद मिना श्रेष्ठ दलित, बिपन्नका घरदैलोमा

इटहरी/सुनसरी। अहिले नेपालभरि तापक्रम घटेर चिसो बढिरहेको अवस्थामा विशेषतः तराईमा शीतलहर चलेको र त्यसले सामान्य जनजीवनलाई प्रभावित पारेको छ। शीतलहरसँगै खासगरी घरबाहिरका दैनिक कामकाज प्रभावित भएका छन् भने बढी प्रभावित ठाउँका विद्यालयहरूमा पठनपाठन पनि स्थगित भएको छ। वायुसेवा प्रदायक कम्पनीहरूका अनुसार ती जिल्लामा दिनभरिजसो बाक्लो हुस्सु लाग्दा हवाई उडान समेत प्रभावित हुँदै आएको छ। कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या भएको छ। चिसोलाई छल्न चोक चोकमा सर्वसाधारणले आगो बालेका छन्। एक्कासी बढेको चिसोका कारण स्वासप्रस्वासको समस्या भएका बिरामीको संख्या अस्पतालहरूमा बढेको छ।

यस्तै दिन दुखि हरुको समस्या हामी समाधान गर्छौँ। जनताका समस्या, सुख, दुखमा संगै हामी छौँ त सबैले भन्छन त्यो पनि चुनाव अगाडी। चुनाव पछाडी पनि जनताको समस्या मा साथ दिने र संगै हामी छौ है भन्ने अनुभूति गराउने कमै सांसद मा पर्नुहुन्छ कोशी प्रदेश सांसद मिना श्रेष्ठ। इटहरी उप-महानगरपालिका वडा नं ७ का वडा सदस्य दिपक घिमिरेको पहलमा मिना श्रेष्ठको सहयोग र उपस्थिति मा। माननीय मिना श्रेष्ठ चिसो बढे संगै न्यानो कपडा बोकेर पुग्नु भयो इटहरी उप-महानगरपालिका वडा नं ७ स्थित हरियाली टोल र भुतबंगला टोल।

इटहरी उप-महानगरपालिका वडा नं ७ स्थित हरियाली टोल र भुतबंगला टोल मा आयोजित एक कार्यक्रमका बिच माननिय श्री मिना श्रेष्ठ ज्यू को सहयोग तथा उपस्थितिमा ४२ घर लाई न्यानो कपडा वितरण गरियो। उपत क्रयाक्रममा इटहरी उप-महानगरपालिका वडा नं ७ का जनप्रतिनिधि हरु दिपक घिमिरे, नेत्र गुरागाईं, पुर्व वडा अध्यक्ष एवम् समाजसेवी शिव नारायण भण्डारी, भूतपूर्व सैनिक संघ केन्द्रिय कमिटि सचिव तेज प्रसाद घिमिरे (निश्चल ) एवम् स्थानीय बुद्दिजिवि, समाजसेवी हरुको उपस्थिति रहेको थियो।

उपत् कार्यकम मा बोल्दै माननिय श्री मिना श्रेष्ठले जनताका समस्या समाधान गर्न नै आफु जनप्रतिनिधि भएको, आफुँ जनताको सासक नभई सेवक भएको भन्दै आ आफ्ना समस्या निर्धक्क का साथ राख्न, आफुले सक्ने समस्या समाधान गरिदिने र आफुले गर्न नमिल्ने प्रक्रियागत समस्या भए सम्बन्धित निकाय मार्फत छिटो समाधानको निम्ति पहल गरिदिने प्रतिवद्धता जाहेर गर्नु भयो। न्यानो कपडा पाएका स्थानीय ले खुसि हुँदै सधै यसरि नै समाजसेवामा लागि रहन आग्रह गर्दै धन्यवाद दिएका थिए।


जाडोबाट कसरी बच्ने ?
जाडोबाट बच्नका लागि कपडा लगाएर, मौसम अनुसार तातो खालका खानेकुरा समेत खानुपर्छ । तर, कहिलेकाँही जाडोमा शरीर तातो बनाउन खानेकुरा खाँदा उल्टै स्वास्थ्यमा हानी पुग्छ । त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ ।

जाडोमा भोक दबाउनु हुँदैन । स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ । हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ पर्याप्त मात्रामा हुन्छ । अतः हरियो सागपात खाऔं र स्वस्थ तथा फिट रहौं ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस