२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य चार दिनमा ह्वात्तै घट्यो

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घटेको थियो । यस्तै बुधबार १ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ३१ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस