२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पर्खिएर बसेका तीन छोरा-छोरीका आमा-बुबा कहिलै नफर्किनेगरी कर्णालीमा बिलाए

A couple died in a motorcycle accident

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो । नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । ढकाल दम्पतीका दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस