२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुनियाँकै क्रस : सुन्दरी अभिनेत्री रश्मिकाको देवरकोंडासँग बिहे पक्का

Married to beautiful actress Rashmika Mandanna Vijay Deverakonda for sure

काठमाडौं । भारतीय मात्र हैन, नेपालीकोपनि मन चोर्न सफल सुन्दरी अभिनेत्री रश्मिका मन्डन्नाले बिबाह गर्ने भएकी छिन् । भारतमा नेशनल क्रस भनिने रश्मिका मन्डन्नाका लागि गत वर्ष करियरको हिसाबले निकै विशेष रह्यो । सन्दीप रेड्डी वांगा निर्देशित फिल्म ‘एनिमल’ मा उनले रणवीर कपुरकी पत्नी गीताञ्जलीको भूमिकामा दर्शकको मन थप जितिन् । अहिले अभिनेत्रीको पर्सनल लाइफसँग जोडिएको जानकारी बाहिर आएको छ । सञ्चारमाध्यमका अनुसार नायिका बिबाहको तयारीमा छिन् ।

भारतीय मिडिया रिपोर्टहरुमा उल्लेख भए अनुसार रश्मिका मन्डन्नाको घरमा चाँडै शहनाई बजाउन लागिएको छ । उनी अभिनेता विजय देवरकोंडासँग बिबाहको तयारीमा छिन् । रश्मिका र विजयले फेब्रुअरीमा इन्गेजमेन्ट गर्न तालिका बनाएर आफन्त र साथीभाईहरुलाई जानकारी दिइसकेका छन् ।

रश्मिका मन्डन्ना र विजय देवरकोंडाको डेटिङको खबर लामो समयदेखि चर्चामा छ । तर, दुवैले आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्वीकार भने गरेका छैनन् । अब मिडिया रिपोर्टको विश्वास गर्ने हो भने, दुबै आफ्नो सम्बन्धलाई बिबाहको बिन्दुमा लैजान चाहन्छन्। दुवैले फेब्रुअरीको दोस्रो साता आफ्नो इन्गेजमेन्टको घोषणा गर्नेछन् ।

रश्मिका मन्डन्ना र विजय देवरकोंडाले इन्गेजमेन्ट र बिहेको खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएका छैनन् । रश्मिका र विजयले ‘गीता गोविन्दम’ र ‘डियर कम्रेड’मा सँगै काम गरेका छन् । उनीहरुको अनस्क्रिन जोडीलाई फ्यानहरुले निकै मन पराउँछन् । रश्मिकाको फिल्म ‘एनिमल’को कुरा गर्दा हालै फिल्मको सक्सेस पार्टी आयोजना गरिएको थियो । पार्टीमा फिल्मका सम्पूर्ण स्टारकास्ट सहभागी थिए । यस क्रममा रश्मिका कालो रंगको ड्रेसमा सुन्दर देखिएकी थिइन् । डिसेम्बर १, २०२३ मा रिलिज भएको ‘एनिमल’ ले घरेलु बक्स अफिसमा अहिलेसम्म ५५०.४७ करोडको व्यापार गरेको छ ।

 

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस