२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाबुले गरे आफ्नै छोराको हत्या

काठमाडौं । एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् । इलामको माई नगरपालिका–५, बिहीबारेमा छोराको हत्या भएको हो । जानकारी अनुसार सामान्य घरायसी विवादमा चुुप्पी प्रहार गर्दा छोराको मृत्यु भएको पाइएको छ । ३७ वर्षे दिलकुमार राईले १८ वर्षे आफ्नो छोरा जीवन राईको हत्या गरेका हुन् । सोमवार साँझ करिब ७ बजे बुबाले सामान्य विवादमा छोराको पेटमा चुप्पी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनको उपचारको क्रममा झापाको बि एन्ड सी अस्पतालमा राति नै मृत्यु भएको थियो । मदिरा सेवन गरेका कारण बुबा छोराबीच विवाद भएको बुझिएको छ । घटना पछि दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस