२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमबार ह्वात्तै घट्यो सुन–चाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौं, सोमबार, पुस २३, २०८० । साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य ह्वात्तै घटेको छ । लगातार तीन दिन स्थिर रहेको सुन–चाँदीको मूल्य सोमबार भने घटेको हो । गत साताको बिहीबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य लगातार तीन दिन लगातार स्थिर रहेर आजपनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुनको मूल्य एक लाख १९ हजार पाँच सय थियो ।

त्यसैगरी, शुक्रबारदेखि चाँदीको मूल्य पनि स्थिर रहेकोमा आज सोमबार घटेको छ । बिहीबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आइतबारसम्म प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भइरहेको थियो । आज सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस