२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्ताे छ आज सोमबार विदेशी मुद्राकाे विनिमय दर

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा तोकिएको छ।

युरो एकको खरिददर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा थियो। यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ।

आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा थियो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६६ पैसा तोकिएको छ। बहराइन दिनार भने १ को खरिददर ३५२ रुपैयाँ १० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६९ पैसा तोकिएको छ।

 

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस