२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लिङ्देनसँग २ पटक चुनाव हारेका सिटौलाले दिए राष्ट्रियसभा सदस्यमा उम्मेदवारी, अध्यक्ष बनाउने

Krishna Sitaula as candidate in National Assembly election

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आज कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा पुगेर सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन्।

सिटौलाको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी रहेको छ । हिजो बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

सिटौला गत प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए । झापा ३ मा पछिल्ला दुई निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पराजय व्यहोरेका नेता सिटौलाले झापाका आफू निकट कार्यकर्ताहरूलाई धेरै अघि नै राष्ट्रिय सभा चुनाव लड्ने बताएका थिए।

 

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस