२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्ताे छ आज सोमबार फलफूल तथा तरकारीको मूल्य [ सूचीसहित ]

Fruit and vegetable price today

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ, कालो अंगुर ३२०, केरा १३०, अनार ३००, किबी २५०, एभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १०, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी ४५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँ, लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८०, हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । यस्तै, तोरीको साग ४०, रायो साग ३०, चमसुर, पालुँगो, मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ । तराइ परबर १२०, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ९०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. पुस २३, २०८०

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस