२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज आइतबार नेपालमा विदेशी मुद्राको विनिमय दर

money exchange rate in nepal today

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ । यो मूल्य शुक्रबारको तुलनामा १३ पैसाले घटेको हो ।

शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसामा कारोबार भएको थियो । यस्तै युरोपियन युरो ७१ पैसाले घटेको छ । आज युरो एकको खरिदमा १४४ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५१ पैसा तोकिएको छ । शुक्रबार युरो एकको खरिद मूल्य १४५ रूपैयाँ ५७ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ २३ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आइतबार १६७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७३ पैसा तोकिएको छ । बेलायती पाउण्ड स्टर्लिङको शुक्रबारको तुलनामा ८४ पैसाले घटेको हो । शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो ।

उता अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रूपैयाँ ४ पैसा कायम हुँदा क्यानेडियन डलरको खरिददर भने ९९ रूपैयाँ २७ पैसा र बिक्रीमा ९९ रूपैयाँ १५ पैसा तोकिएको छ । आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५८ पैसाले भाउ पाउँदा आज एक साउदी अरेबियन रियालको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ५२ पैसा र बिक्रीदर २८ रूपैयाँ ६५ पैसा पाइन्छ । आइतबार कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७१ पैसा तोकिएको छ ।

 

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस