२०८१ मङ्सिर १० गते सोमवार | 2024 November 25th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एचआईभी एड्स भएको थाहा पाएपछि तीन सन्तानको जन्म, सबैमा नेगेटिभ

Birth of three children after being diagnosed with HIV AIDS

काठमाडौं । एक अफ्रिकनले ‘आई एम एचआईभी पोजेटिभ’ नामको सामाजिक सञ्जाल बनाएर सामाजिक सचेतना बढाइरहेकी छिन् । उनले आफ्ना जीवनका भोगाई र आफूले बुझेका कुरा फेसबुक मार्फत सार्वजनिक गर्छिन् । उनलाई फलो गर्ने र प्रश्न सोध्नेहरुपनि धेरै छन् ।

उनले पछिल्लो समय लेखेकी छिन्, आफ्नो स्थिति थाहा पाइएन भने, एचआईभीले मार्छ, अज्ञानताले गर्छ । उनले ११ बर्षदेखि एचआईभी संक्रमितले खाने औषधि खाइरहेको र यही औषधि र भगवानले आफूलाई बचाइरहेको बताएकी छिन् ।

उनले आफूलाई एचआईभी लाग्यो भन्दैमा जीवनदेखि नै निरास भएर अब सक्किए, अरुपनि सक्काउँछु भन्दै एचआईभी नभएका मानिससँग शारिरीक सम्पर्क राखिदिनाले विश्व नै आक्रान्त बनेको दावी गर्दै आएकी छिन् । उनले भन्ने गरेकी छिन्, हो मानिस हो हामीलाई हर क्षणमा शारीरिक सम्पर्कको भोक जाग्छ ।

यसका लागि उत्तम बाटो म संक्रमित हुँ । म संक्रमितसँग नै सम्पर्क राख्छु भनेर खुलेर संक्रमित-संक्रमितकै समूह बनाए प्राणघातक रोग थप नफैलिने उनको बिचार छ । उनले आफ्ना सामाजिक सञ्जालमा सोधिएका जिज्ञासाहरुको जवाफ दिँदै भनेकी छिन्, मलाई धेरैले सोध्ने गरेको, के तिम्रा बच्चाहरु छन् ? हो मेरा तीन सन्तान छन् । तीन सन्तानलाई नै एचआईभी पोजेटिभ भएपछि जन्म दिएकी हुँ । मैले उनीहरुलाई स्तनपानपनि गराए । तर उनीहरुमा एचआईभी संक्रमण छैन । उनीहरुमा एचआईभी नेगेटिभ छ ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस