२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति, जयशंकरको शव उठ्यो

Jaishankar was preparing to get married this year

जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।

बरहथवामा बसेको छलफलबाट छानबिन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।

गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाएको छ । बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो । शाहको शव पोस्पमार्टम गरेर परिवारलाई बुझाइने र परिवारले अन्तिम संस्कार गर्ने छन् ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस