काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिको बाग्मती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने विवादबारे बोलेको छ । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले विज्ञप्ति निकालेर भिडियो खिच्न नपाइने सूचनामा कोषको असहमति भएको दाबी गरेकी छिन् । सामाजिक सञ्जालमा जारी सूचनाप्रति कोषको कुनै पनि संलग्नता नरहेको दाबी उहाँको छ । यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिको नाममा सार्वजनिक भएको सूचनामा पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपीराइट ऐन अन्तर्गत कारबाही हुने उल्लेख थियो ।
२०८१ मङ्सिर २ गते आइतवार |
2024 November 17th Sunday
कपीराइट विवादबारे के भन्छ पशुपति क्षेत्र विकास कोष ? [विज्ञप्तिसहित]
प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस