२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खुंखार ‘ओशो सन्यासी’ बनेकी अभिनेत्री नम्रता सापकोटा योग शिक्षकको रुपमा स्नातक उत्तीर्ण

'Osho Sanyasi' famous Actress Namrata Sapkota graduated as a yoga teacher

काठमाडौं । खुंखार ओशो सन्यासी बनेको डेढ वर्षपछि अभिनेत्री नम्रता सापकोटाले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छन् ।

त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग विषयमा स्नातक हासिल गरेकी हुन् । सामाजिक सञ्जालबाट उनले आफू योग टिचरको रुपमा ग्राजुएट भएको फोटो सार्वजनिक गरेकी छन् । उनी यतिबेला भारतको गोवामा रमाइरहेकी छन् । समुन्द्री तटमा योग गरिरहेकोदेखि सूर्यास्तमा रमाइरहेको उनको फोटो आकर्षक देखिन्छ ।

एक तस्वीरमा उनी ध्यानमग्न मुद्रामा योग गरिरहेकी छिन् । केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन् । कामको कुरा गर्दा नम्रता अभिनित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । उनी थोरै फिल्म खेलेपनि रुचाइएकी अभिनेत्रीको सूचीमा पर्छिन् । उन कुनैपनि विषयमा आफूलाई खुलेर प्रस्तुत गर्छिन् । कहिलेकाही विवादमापनि पर्ने गर्छिन् ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस