काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यो मुद्दामा मागदाबी नपुग्ने भन्दै सफाइ दिएको हो । यो फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएको माओवादी कार्यकर्ताको भेलामा दाहालले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको बताउनुभएको थियो । यही अभिव्यक्तिलाई लिएर २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गर्नुभएको हो ।
२०८१ मङ्सिर ८ गते शनिवार |
2024 November 23rd Saturday
सर्वोच्च अदालतबाट प्रधानमन्त्री दाहालले कुन मुद्दामा सफाइ पाए ?
प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस