२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्नुहोस्

It will snow today in the highlands of three provinces

काठमाडौं । शनिबार (आज) कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली भएको छ । तराईमा आज पनि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा पनि बिहान हल्का हुस्सु र कुहिरो लागेको छ । दिउँसो सामान्य बदली हुन सक्ने जल तथा जनाएको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहने छ । सोमबार राति १२ बजेसम्मको मौसम पूर्वानुमान हेर्नुहोस्

२०८० पुस २१ गते (शनिबार)
दिउँसो: कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती: कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०८० पुस २२ गते (आइतबार)
दिउँसो: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती: कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०८० पुस २३ गते (सोमबार)
दिउँसो: कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती: कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस