२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१४ बर्षीया बालिकासँग विवाह गर्न लागेका २९ वर्षीय डाक्टर पण्डितसँगै पक्राउ

Pakrau arrested

काठमाडौं । बालविवाह गर्दै गरेका केटा र पण्डितलाई पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका–८, कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र ५७ वर्षीय पण्डित ताराप्रसाद देवकोटा रहेका छन् । जानकारी अनुसार केसीले बिहीबार तुलसीपुर–५, रानीजरुवाकी १४ बर्षीया बालिकालाई भगाएर विवाह गर्दै थिए । बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मण्डपबाटै उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैलाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस