२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप क्रिकेट : नेपाललाई भारतको सहयोग, भेटमा विदेशमन्त्रीले के भने ?

काठमाडौं । भारतले नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीको लागि सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस. जयशंकरले यस्तो बताउनुभएको हो । नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै उहाँले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । नेपाल भ्रमणका क्रममा जयशंकरले बिहीबार साँझ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र खेलाडीहरूसँग भेट गर्नुभएको थियो । जयशंकरले ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गर्नुभयो । नेपाल यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि छनोट भएको छ ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस