२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तीन वर्षे अनुभवको प्रावधान हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका सच्चाउन निर्देशन गर्नुभएको छ । उहाँले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई यस्तो निर्देशन दिनुभएको हो ।

आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको भन्दै शुक्रबार प्रकाशित सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने उहाँको भनाई छ ।

आज छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्न भनिएको थियो । प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको हो ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस