२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रियसभा निर्वाचन : सबै सिटमा उम्मेदवारी दिने एमालेको घोषणा

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । महासचिव शंकर पोखरेलले राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भइआएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस