२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रदर्शनमा एक जनाको मृत्यु भएपछि सर्लाहीमा कर्फ्यु, घटना के हो ?

काठमाडौं । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सर्लाहीको बरहथवा बजार क्षेत्रमा शुक्रबार बेलुकादेखि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले कर्फ्यू लगाएको हो । प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्नरोन्नतिको विषयमा दिउँसोदेखि प्रदर्शन भएको थियो । त्यसपछि सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमा लिन बरहथवा बजार क्षेत्रमा साँझ ५:३० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको हो ।

गोली लागेर बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशङ्कार साहको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरीको गोली लागेर ज्यान गएको भनेपनि पुष्टि भने भइसकेको छैन् । नगरपालिकाको कार्यालय र नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि हवाई फायरिङ र अश्रुग्यास प्रहार गर्नुपरेको हो ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस