२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् निर्यातसहित चार सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ । विभिन्न चार सम्झौतामा हस्ताक्षर गर्दै बैठक सकिएको हो । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको जानकारी दिइएको छ । दुई देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशमन्त्री एस जयशङ्कर र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । त्यसैगरी दुई देशबिच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पोरेसनबिच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

https://twitter.com/MofaNepal/status/1742906667996733550

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस