२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् देशलाई लुट्ने ट्रक : पर्सा प्रहरीद्वारा करोडौं कर ठग्ने सवारी नियन्त्रण

कृष्ण यादव, वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जका विभिन्न ठाउँबाट बिलबिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेका सवारी साधनहरु पक्राउ गरेको छ। पर्सा प्रहरीले वीरगञ्जको घन्टाघर लगायतका ठाउँहरुबाट बिलविजक भन्दा बढीको मालसामान बोकेको मालबाहक ट्रकहरुलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सूचनाको आधारमा वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाडौंतर्फ जाँदै गरेको विभिन्न ठाउँहरबाट बिल विजक भन्दा बढी सामान बोकेको एक भारतीय कन्टेनर सहित तिनवटा मालबाहक कन्टेनर पक्राउ गरेको प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारी दिए।

वीरगञ्जको प्रतिमा चौकबाट ना.४ ख ८३१८ गण्डक चौकबाट ना.३ ख ४१४१ र घण्टाघरमा भारतिय NL01 G 1886 नम्बरको मालवाहक ट्रकलाई पक्राउ गरि चेकजाँच गर्दा बिलबिजक भन्दा बढि करिब १ करोड ८९लाख ९७हजार २८७ सय रुपैया बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिएको एसपी शाहले बताए।

पक्राउ परेका औषधी तथा खुद्रा सामानहरु सहित मालबाहक ट्रकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजश्वव कार्यालय पथलैया बारालाई बुझाएको पर्सा प्रहरी प्रमुख शाहले बताए ।

 

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस