२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भगवान राम शाकाहारी कि मांसहारी ? निर्वासनमा रहँदा मासु खाएको बयानपछि हंगामा

काठमाडौं । एक नेताले भगवान रामलाई मांसाहारी भनेपछि विवाद बढेको छ । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता जितेन्द्र आव्हाडले भगवान रामलाई लिएर विवादित बयान दिएका हुन् । उनले भगवान रामले खानाका लागि शिकार गर्ने गरेको बताएका छन् । इन्डिया टुडेका अनुसार जितेन्द्र अव्हाडले भनेका छन्, ‘राम शिकार गर्थे र खान्थे । तपाईं हामीलाई शाकाहारी बनून् भन्ने चाहनुहुन्छ । तर हामी रामलाई आफ्नो आदर्श मानेर खसीको मासु खान्छौँ ।’ अव्हाडले राम शाकाहारी नभई मांसाहारी भएको बताए ।

उनले भने, ‘१४ वर्षसम्म वनमा बसेको व्यक्तिले कसरी शाकाहारी खाना पाउँछ ? म जहिले पनि सत्य बोल्छु ।’ विवादपछि उनले स्पष्टिकरण दिएका छन् । उनले आफ्नो भनाइमा आफू पूर्णरुपमा अडिग रहेको बताए । उनले भने, ‘त्यतिबेला चामल (भात) थिएन, त्यसपछि रामले के खाए ? राम क्षेत्री थिए र क्षेत्रीको भोजन मांसाहारी थियो । यसमा के विवाद छ ? रामले के खाए मलाई कसैले बताउन सक्छ ? राम मेथी भाजी खानुहुन्थ्यो ?’ उनी अगाडि भन्छन्, ‘के तपाईं भारतलाई शाकाहारी बनाउन चाहनुहुन्छ ? यस देशका ८० प्रतिशत मानिस अझै पनि मांसाहारी छन् । उनीहरु रामभक्त हुन्, होइन र ?’ बयानपछि आव्हाडविरुद्ध प्रदर्शन भएको छ ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस