काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । दुईबीच नेपाल र भारतबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर हुन भारतको सहयोग अपरिहार्य भएको भन्दै सहयोग गर्न अनुरोध गर्नुभएको छ । दुई देशले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्ने पनि ओलीले स्पष्ट गर्नुभयो । विदेशमन्त्री डा जयशङ्कर भोलि नै स्वदेश फर्कनुहुनेछ ।
२०८१ मङ्सिर २ गते आइतवार |
2024 November 17th Sunday
अध्यक्ष ओलीसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस