२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोरिया भाषा परीक्षा फाराम भर्ने म्याद थप, कहिलेसम्म छ हेर्नुहोस्

काठमाडौं । सरकारले पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी हुने परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा फाराम भर्नका लागि थप दुई दिन समय दिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकस्तरको निर्णय अनुसार आवेदन दिने समय दुई दिन थप गरिएको हो । रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले अब पुस २० सम्म फारम भर्न सक्ने जानकारी दिएको छ ।

गत शुक्रबार बालकुमारी घटनामा दुई जनाको ज्यान गएपछि मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिप बिल्डिङमा फाराम भरेका परीक्षार्थीसमेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जानकारी गरायो । अर्कोतर्फ फाराम भर्न सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समेतका मानवीय संवेदनालाई ध्यानमा राखी समय थप्ने निर्णय भएको हो ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस