२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रिय सभामा सांसद लिनेभए टीआरसी विधेयकमा एमाले सहमत हुन कांग्रेस र माओवादीको बार्गेनिङ्ग

Bargaining by Congress and Maoists to get UML to agree on TRC bill if they get MP in National Assembly

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक सहमतिमा पारित गर्ने प्रयास स्वरुप सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको भागबण्डामा एमालेलाई पनि सामेल गराउने तयारी गरेका छन् ।

टीआरसी विधेयकमा एमालेले सहमति जनाए राष्ट्रियसभामा सहकार्य गर्न कांग्रेस र माओवादी तयार भएका हुन् । यस विषयमा केही दिनदेखि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

हिजो सत्ता गठबन्धनको बैठकमा पनि यसबारे छलफल भएको छ भने सत्ता गठबन्धन दलहरुले एमालेसँग पनि छलफल गरेका छन् । तर एमालेलाई कति सिट दिने भन्नेबारे टुङ्गो लागेको छैन । यस्तै, राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका अरु साना दल असन्तुष्ट देखिएका छन् ।

जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन । यसबारे छलफल गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ । आउँदो माघ ११ गते राष्ट्रियसभाको रिक्त २० वटा सिटमा चुनाव हुँदैछ ।

 

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस