२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज राति आकाशमा उल्का वर्षा देखिने

This evening there will be the highest meteor shower ever, it will also fall in Nepal

काठमाडौं । आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार केही दिनदेखि नै आकाशमा उल्का वर्षा भैरहेको छ, तर आज राति भने अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो ।

आज राति साढे ११ बजेदेखि भोलि बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिने उनले बताए । नाङ्गो आँखाले नै उल्का वर्षाको अवलोकन गर्न सकिने उनको भनाइ छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसलाई नै उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भन्ने गरिन्छ ।

 

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस