२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माडबरीका लागि खोटाङमा महिलाको विभत्स हत्या, ललितपुरबाट श्रीमान-श्रीमती पक्राउ

A gruesome murder of a woman in Khotang for Madbari Gold

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिलाको हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । गत मंसिर १९ गते राति घरबाट हराएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पबित्रा तामाङको हत्या अभियोगमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३३ वर्षीय दिपक श्रेष्ठ र उनकी २५ वर्षीय श्रीमति सृजना राईलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादीलाई ललितपुर महानगरपालिका–३ बोजेपोखरीबाट पुस ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । श्रेष्ठलाई तामाङको हत्या गरी लुटपाट गरेको तथा राईलाई श्रीमानले गरेको अपराध ढाकछोपमा मतियारका रुपमा सघाएको आधारमा पक्राउ गरिएको बताइएको छ । गत मंसिर १९ गते राति ८ बजेपछि घरबाट हराएकी तामाङ पुस ३ गते तीन सय मिटर टाढा रहेको बर्खे गोठमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिईन् ।

मृतक तामाङको शव पात्लेको पत्करले छोपिएको अवस्थामा फेला परेको थियो । प्रहरीले मृतक तामाङले लगाएको दुई थान माडबरी (सुन) जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीबाट बरामद गरेको पत्रकार सम्मेलनमा बताएको छ । हत्यामा संलग्न श्रीमान र श्रीमातीबाट दुई थान मोबाइल सिम, दुई थान मोबाइल, हत्यामा संलग्नका ससुराबाट एक थान मोबाइल बरामद गर्नुका साथै घटनास्थलबाट एक थान हथौडा (हम्मर) समेत बरामत गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस