२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

काठमाडौं। नेपाली बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा २०० रुपैयाँ घटेको हो ।

यो दिन छापावला सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० मा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन चाँदीको भाउ पनि घटेको छ । यो दिन चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।बुधबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ०.२४ प्रतिशतले बढेर प्रतिऔंस २ हजार ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस