२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मर्दा हामीसँगै जान्छन् यी चार चिज, गीताका अनुसार प्राण त्याग्नुअघि यी कुरा ख्याल गर्नुपर्छ

Bhagavad Gita at the time of death

काठमाडौं । मृत्यु एक भयानक सत्य हो, जुन सहज छैन । सबै यो सत्यबाट विमुख हुन चाहन्छन् । मान्छे अमर हुन चाहन्छ । मृत्युपछि सबै कुरा एक्लै भोग्नु पर्ने हो कि भन्ने डरले सबैलाई सताउँछ । भौतिक संसारमा बारम्बार एउटा कुरा सम्झाइन्छ कि हामी यो संसारमा न केही लिएर आएका छौँ, न केही लिएर जान्छौँ । तर वास्तविकता के हो भने यो पूर्ण सत्य होइन । हरेक व्यक्ति आफ्नो भाग्य लिएर यस संसारमा आउँछ, जुन उसको कर्मसँग जोडिएको हुन्छ । यसरी हेर्दा आत्मा हामीसँग अघिल्लो जन्मदेखि नै आएको हुन्छ । अनि यो जन्ममा पनि मृत्युसँगै जान्छ ।

हाम्रो मृत्यु हुँदा चारवटा कुराहरू (कर्म, स्मृति, जागरण र सूक्ष्म शरीर) सँगै हुन्छन् । मानिसले आफ्नो मृत्युको समयमा यी चार चीज साथमा लिएर जान्छ । स्मृति त्यस्तो कुरा हो जुन समयसंगै धमिलो हुँदै जान्छ । अर्को जन्म लिएपछि मानिसले आफ्नो पूर्वजन्मका केहि कुरा याद गर्न सक्दैन । कर्मको एक सानो अंश भनेको कुनै पनि व्यक्तिले अर्को जन्ममा भोग्नु पर्ने कष्ट हो, जसले उसको भाग्य पनि तय गर्छ । मृत्युको बेला आत्माले शरीर मात्र छोड्दैन सूक्ष्म शरीर पनि छोड्छ र त्यही सूक्ष्म शरीरले नयाँ शरीर धारण गर्छ । मृत्युपछि मानिसको जागरण, चेतना र ज्ञान पनि सँगै जान्छ ।

भागवत गीताका अनुसार मानिसले मृत्युको समयमा जुन कुरालाई याद गर्छ वा त्यसमा संलग्न रहन्छ, उसले त्यही कुरा प्राप्त गर्छ । मृत्युको नजिक हुँदा भगवानलाई याद गर भनिन्छ तर मृत्यु भन्दा पहिले मानिस यति डराउँछ कि उसले भगवान बाहेक सबै सुख, आफन्त र मोहका कुराहरु सम्झन्छ । मृत्युको समयमा जे याद आउँछ, मृत्युपछि पनि त्यही फल पाइन्छ । यदि उसले भगवानलाई याद गर्यो भने भगवानलाई प्राप्त गर्न सक्छ । भनिन्छ, यदि मानिसले जीवनभर धन, सुख र प्रतिष्ठाको पूजा गरेको छ भने अन्तिम घडीमा पनि त्यही याद आउँछ । तर जीवनभर भगवानको पूजा आराधना गरेको भए मृत्युको समयमा भगवान स्वयं आउनुहुन्छ ।

पुराणमा भनिएको छ, ‘मृत्युको समयमा के याद गर्नुहुन्छ वा केमा लगाव देखाउनुहुन्छ, त्यसले पनि तपाईको अर्को जन्म मार्ग तय गर्छ ।’ यससँग सम्बन्धित एउटा कथा छ, जसअनुसार राजा भरतले भगवानको पूजा गर्थे तर मृत्युको समयमा मोहका कारण उनी मृगको बच्चासँग जोडिए । मर्ने बेलामा उनले मृगलाई याद गरे, जसकारण मृग हुनुपर्‍यो । तर आफ्नो अघिल्लो जन्मको सम्झना उनीसँगै थियो जसले गर्दा उनले आफ्नो गल्ती बुझेँ । यस जन्ममा मन्त्र जप गर्दा अर्को जन्ममा मानव शरीर प्राप्त भयो । उनले मानव शरीरमा भगवानको आराधना गरे जसले उनलाई मृत्युपछि भगवानको शरणमा जाने मौका दियो । एजेन्सी

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस