२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कहाली लाग्दो अपराध कथामा बनेको ‘परिणाम’ सार्वजनिक [ भिडियोसहित ]

'Parinam' made public after becoming a horrifying crime story

काठमाडौं । पछिल्लो समय कथा बस्तुमा आधारित म्युजिक भिडियोको लहड चलेको छ । हालै एक कहाली लाग्दो अपराध कथामा बनेको गीत परिणाम सार्वजनिक भएको छ । बाल्यकालमा नै आफ्नै बुबाको हत्या गरेपछि गम्भीर मानसिक रोगबाट गुज्रेको एक बालक (हाल पुरुष) को कथामा गीतको कथा आधारित छ ।

बाल सुधार गृहमा हुँदा समेत मानसिक अवस्था र चालचलन ठिक नभएपछि उनलाई षड्यन्त्रपूर्वक आफ्नै गर्लफ्रेण्ड हत्याको तानाबुना बनाएर फेरि जेलमा कोचिएको छ । बाल्यकालदेखि कै प्रेमका कारण नगरेको कर्मको परिणाम भोगाएर उनलाई मानसिक रुपमा विछिप्त बनाइएको कथामा देख्न सकिन्छ । गीत परिणाम नामको फिमेल भर्सन हो ।

यसमा स्वर विपना बिष्टको छ भने शब्द साक्षी श्रेयाको छ । भिडियोमा समीप निरौला, मिशेल घिमिरे, श्रेय अगस्ति, नूर दहाल, कृतिका गौतम, आराध्या निरौला, भूपेन्द्र निरौला, लक्छिता चपागाँई, सुबास शाह, उनीका श्रेष्ठ, सबिन मगर, सञ्चिता मगर, सौगात खड्का र सुलाव खड्का देख्न सकिन्छ । भिडियो निर्देशन संकेत अगस्तिले गरेका हुन् ।

 

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस