२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक दिनमा कति पेनकिलर लिने, कत्तिको सुरक्षित छ, वरिष्ठ डाक्टरबाट जान्नुहोस्

Dr Rajeev Pain Killers

काठमाडौं । जब हामीलाई टाउको वा शरीर दुख्ने समस्या हुन्छ तब पीडाबाट छुटकारा पाउन पेनकिलर सेवन गर्छौ । टाउको दुख्दा डिस्प्रिन खान्छौँ, शरीरमा दुखाइ हुँदा कम्बिफ्लामजस्ता औषधि खाइरहेका हुन्छौँ । यी औषधीहरूले आफ्नो असर चाँडै देखाउने हुँदा केही मिनेटमा राहत पनि मिल्छ । तर प्राय: मानिसहरु डाक्टरको सल्लाहबिना नै औषधी सेवन गर्छन् । अनि दुखाई निको नहुञ्जेलसम्म दिनको तीनदेखि चार पटकसम्म सेवन गरिरहन्छन् । उनीहरू सोच्छन् कि जति धेरै औषधि सेवन गर्यो, त्यति नै चाँडो दुखाइ निको हुन्छ, तर त्यस्तो हुँदैन ।

हो, दुखाइ कम गर्न वा निको पार्न औषधि खानु बाध्यता हो । तर तपाईं औषधिलाई मनपरी ढंगले प्रयोग गर्दा कत्ति धेरै जोखिम लिइरहनुभएको हुन्छ ? के तपाईंलाई थाहा छ एक व्यक्तिले एक दिनमा कति वटा पेनकिलर लिन सक्छ ? आज हामी यसबारे चर्चा गर्न गइरहेका छौँ । मेदान्त अस्पतालका डाक्टर राजीव पारेखले इन्स्टाग्राममा यसबारे एक भिडियो साझा गरेका छन् । भिडियोमा उनले एक व्यक्तिले एक दिनमा कति वटा दुखाइ कम गर्ने चक्की सेवन गर्न सक्छ भन्ने कुरा बताएका छन् ।

डाक्टर पारेखका अनुसार पेनकिलर पूर्ण सुरक्षित हुँदैन । प्रत्येक पेनकिलर साइड इफेक्टको साथ आउँदछ । डाक्टरको सल्लाह बिना दुखाईको लागि कुनै पनि औषधि सेवन गर्ने मानिसलाई यसको साइड इफेक्ट निकै गम्भीर रुपमा देखिन सक्छ । त्यसैले पेनकिलर पनि डाक्टरलाई सोधेर मात्र खानुपर्छ ।

यदि हामी पारासिटामोलका बारेमा कुरा गर्छौं भने, यो औषधि सामान्यतया दुखाइ कम गर्नमा प्रयोग हुन्छ । बच्चालाई पनि थाहा छ कि प्यारासिटामोल दुखाइ कम गर्नका लागि राम्रो औषधि हो । चिकित्सकका अनुसार यी ५०० एमजी ट्याबलेट डाक्टरको सल्लाहमा ८ घण्टाको अन्तरालमा दिनमा ३ देखि ४ पटक सेवन गर्न सकिन्छ । यो औषधि ३–४ दिनभन्दा बढी खानु हुँदैन । जब डाक्टरले पेनकिलर सेवनका लागि लेख्छन्, तब आफूलाई किन पेनकिलर चाहिएको भन्ने कुरा स्पष्ट खुलाउनुहोस् ।

डाक्टरका अनुसार जबसम्म रोगको निदान हुँदैन तबसम्म पेनकिलर सेवन हानिकारक हुन्छ । किनभने हरेक पेनकिलरमा साइड इफेक्ट हुन्छ, जुन तुरुन्तै नदेखिन सक्छ । तर त्यसको निरन्तरको प्रयोगले तपाईंको शरीरमा गम्भीर असर देखाउन सक्छ । कुनै पनि औषधि सेवन गर्नुअघि आफ्नो समस्या स्पष्टसँग राखेर चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुहोस् । भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस