२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मदिराको सुरमा ‘तैले के भनिस् रे’ भनेपछि पूर्वआईजी सर्वेन्द्रको कठालो समातियो

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल आफूलाई निकै स्मार्ट ठान्छन् । अहिले पनि उनले बहालवालाकै जस्तो रवाफ देखाउन थालेका छन् । सांसद अपहरण काण्डमा मुछिएका खनाल यसबीचमा एमाले प्रवेश गरी काठमाडौं र तनहुँ १ बाट चुनावसमेत लडे ।

तर दुवैतिर लज्जास्पद ढंगले पराजित भए । आफूलाई केपी ओलीको किचेन क्याबिनेट मान्ने खनाल केही दिनअघि आफूभन्दा जुनियर अधिकृतबाट रामधुलाई खानबाट जोगिए । गत मंसिर १७ गते सशस्त्र प्रहरी बलका पूर्वडीआईजी माधव थापाको छोराको विवाह भोजमा खनाल धुलोपिठो हुनबाट बालबाल बचेका हुन् । लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित भोजमा धेरैजसो प्रहरीकै भूपू अधिकारीहरू निम्तालु थिए ।’

भोजमा मदिराको चुस्कीसँगै राजनीतिक विषयमा कुराकानी हुन थाल्यो । पूर्वएआईजी राजेन्द्रबहादुर सिंह र सर्वेन्द्र खनाललगायतबीच वर्तमान राजनीतिक परिस्थितिको बारेमा कुराकानी हुन थाल्यो । सिंहले दलहरू असफल हुन थालेको बताएपछि खनालले राजाको पक्षमा जनता नआएको प्रतिवाद गरे । सोही समयमा नेपाल प्रहरीकै पूर्वएसपी दीपक खरेल आइपुगे ।’

उनले खनाल परिवारलाई राजावादी, कांग्रेस, माओवादी, एमाले भएको आरोप लगाए । खनाल रिसाउँदै ‘तैँले के भनिस् रे’ भन्दै उनलाई गाली गर्न थालेपछि आक्रोशित भएका खरेलले कसलाई तँ भनेको भन्दै खनालको कठालो नै समाते । खरेल र खनालबीच मल्लयुद्ध नै सुरु भएपछि अरुले दुवैलाई तितरवितर पारेपछि स्थिति सामसुम पारेका थिए ।’

 

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस