२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रिय सभा निर्वाचन : भागबन्डा मिलाउन कांग्रेसका शीर्ष नेताहरू बालुवाटर पुगे

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि दुई दलले छलफल थालेका हुन् । कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस