२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जापान भूकम्प : ३० जनाको मृत्यु, हेर्नुहोस विनाशको दर्दनाक दृश्य (फोटोफिचर)

काठमाडौं । जापानमा गएको भूकम्पका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले उक्त मृत्यु संख्या पुष्टि गरेको हो । सोमबार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि प्रशासनले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रबाट मानिसहरूलाई बाहिर निस्कन चेतावनी जारी गरेको थियो । तर, त्यो चेतावनीलाई मंगलबार बिहान फिर्ता लिएर सुझावमा मात्रै सिमित गरिएको छ । अहिलेसम्म वाजिमामा १६ र सुजुमा ६ जनाको मृत्यु भएको छ ।

भूकम्पपछि मानिसलाई बचाउने प्रयास भइरहेको छ भने एक हजारभन्दा बढी उद्धारकर्मी खटिएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्प प्रभावित क्षेत्रमा सडक सञ्जाल नभएको भन्दै जहाजमार्फत पीडितलाई छिट्टै सहयोग पुर्याउने आश्वासन दिएका छन् । उनी भन्छन्, ‘सडक भत्किएकाले आत्मरक्षा बललाई भूकम्प प्रभावित क्षेत्रमा पुग्न निकै चुनौती छ । भवनमा फसेका व्यक्तिहरूलाई जतिसक्दो चाँडो उद्धार गरि भवन भत्किनुअघि नै बाहिर निकाल्न सकिन्छ ।’

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस