२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालकुमारी घटना : मृतकका परिवार र सरकारबीच भएको चार बुँदे सहमतिमा के छ ?

काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच चार बुँदे सहमति भएको छ । सहमतिअनुसार मृतकको परिवारलाई परिवारको सल्लाहमा एक–एक जनालाई उपयुक्त खालको रोजगारीको ब्यवस्था गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक विरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणा गर्न आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्नेसहित रहेका छन् ।

त्यस्तै मृतकको परिवारले सोमबार नै शव बुझिलिने, मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रवन्ध गृहमन्त्रालयले मिलाउने सहमति भएको हो । दुई पक्षबिच भएको सहमतीपत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारी तथा मृतक परिवारको तर्फबाट मृतक विरेन्द्रका बुवा टेकबहादुर शाह र मृतक सुजनका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस