२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नि:सन्तान महिलालाई गर्भवती बनाएर लाखौँ कमाउने मौका, सत्य खुल्दा सबै चकित !

Returning home from Kuwait carrying a pregnant woman

काठमाडौं । समय सँगै ठगी गर्ने तरिकामा पनि परिवर्तन खाउँन थालेको छ । नि:सन्तान महिलालाई गर्भवती बनाएर लाखौँ कमाउन सकिन्छ भन्ने लोभ देखाएर ठगी गरेको घटना सार्वजनिक भएको हो । घटना भारत, बिहारको नवादाको हो । त्यहाँ प्रहरीले एक डरलाग्दो साइबर अपराधको जालो तोडेको छ । महिलालाई गर्भवती बनाएर बदलामा लाखौं रुपैयाँ दिने लोभ देखाएर लुटेको पाइयो ।

त्यसको सञ्जाल भारतभर फैलिएको छ । घटनामा संलग्न आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दियो । नवादा प्रहरीले साइबर अपराधीविरुद्ध ठूलो कारबाही गरेको छ । प्रहरीले जिल्लाको मुफसिल चौकी क्षेत्रमा छापा मारेर ८ जना साइबर ठगलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ९ थान मोबाइल र १ थान प्रिन्टर बरामद गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले अखिल भारतीय गर्भवती जागिर (बेबी बर्थ सर्भिस) को नाममा पैसा असुल्ने र मानिसहरुलाई ठग्ने गरेको खुलेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । यो समूहले सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरुलाई फसाउँथ्यो । नि:सन्तान महिलालाई गर्भवती गराउने जागिर भएको भन्दै त्यसबाफत ठूलो धनराशि पाउने सपना पनि उनीहरुले देखाउँथे । अनि दर्ता शुल्क भन्दै भारु ८ सय असुल गर्ने गरेको पाइएको छ । सेक्युरिटी मनीका नाममा ५ हजारदेखि २० हजार भारुसम्म माग गर्थे ।

नवादा प्रहरीले मुन्ना कुमार नामक व्यक्तिको घरमा छापा मारेको थियो । प्रहरीका अनुसार मुन्ना यो सम्पूर्ण सञ्जालको मुख्य नाइके हुन् । प्रहरीले उक्त गिरोहका आठ जनालाई पक्राउ गरेको छ भने दर्जनौं अभियुक्त घटनास्थलबाट फरार छन् । यस प्रकरणमा डिएसपी कल्याण आनन्दले यो साइबर अपराधको सञ्जाल भारतभर फैलिएको बताएका छन् । आरोपितसँग सोधपुछ भइरहेको छ । अन्य आरोपितको खोजी कार्य जारी छ । आजतक

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस