२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आर्सनलको खराब लय कायमै

Arsenal maintain bad form

लन्डन । आर्सनलले फेरि एकपल्ट इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । उसलाई फुलहमले आइतबारको खेलमा २–१ ले पराजित गर्‍यो । आर्सनलले बुकायो साकाको गोलले अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन् ।

फुलहमका लागि राउल जिमिनेज र बबी डेकारडोभा रेडले गोल गरे । फुलहमले भने यो सफलतासँगै लिगमा लगातार तीन खेलको हारको क्रममा पूर्ण विराम लगाएको छ । आर्सनल २० खेलबाट ४० अंकमा चौथो स्थानमा छ ।

यो शीर्षमा रहेको लिभरपुलसँग दुई अंकको दूरी हो । आइतबारकै अर्को खेलमा टोटनहमले बर्नमाउथलाई ३–१ ले हरायो । यो जितपछि टोटनहम ३९ अंकमा पाँचौं स्थानमा रह्यो ।

 

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस