२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिक्किममा पक्राउ परेकी भ्लगर उमा चाम्लिङ स्वदेश फर्काइए

Vlogger Uma Chamling, who was arrested in Sikkim, was sent back home

खोटाङ, १५ पुस । सिक्किममा पक्राउ परेकी नेपाली भ्लगर उमा चाम्लिङ राईलाई सिक्किम प्रहरीले स्वदेश फर्काएको छ । सिक्किममा भिडियो पोष्टमार्फत साम्प्रदायिक अशान्ती भड्काउने प्रयास गरेको आरोपमा पक्राउ परेकी खोटाङकी भ्लगर राईलाई सिक्किम प्रहरीले पुस १५ गते नेपाल पठाएको इन्डिय टुडेले जनाएको छ ।

भ्लगर राईलाई सत्तारुढ सिक्किम क्रान्तीकारी मोर्चाको सदस्य सिला राईले दायर गरेको एफआइआरको आधारमा सदर प्रहरीले एडिसन एसपी गान्तोकसँगको सहकार्यमा पुस १४ गते नियन्त्रणमा लिएको थियो । राईलाई अदालतमा पेश गरेर ५ दिनको प्रहरी हिरासतमा राख्ने भनिए पनि ‘परिस्थिति र सुरक्षा चिन्ता’लाई ध्यानमा राखेर नेपाल फर्काउने निर्णय गरिएको समाचारमा उल्लेख छ ।

द सिक्किम क्रोनिकलले प्रारम्भिक अनुसन्धान र बरामदको प्रकृया पुरा भएपछि राईलाई नेपाल फिर्ता पठाइएको जनाएकोछ । भ्लगर राईले पुस १२ गते एउटा भिडियो पोष्ट गर्दै सिक्किमको लेगसेपमा पुस १४ गते साकेला मनाउनका लागि उपस्थित हुन निमन्त्रणा गरेकी थिईन् । यस्तै, पुस १० गते सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको तस्बीर पोष्ट गरेकी थिईन् । सोही आधारमा उनलाई पक्राउ परेकी हुन् । सिक्किममा आगामी सन् २०२४ मा विधानसभा चुनाव हुँदैछ ।

सिक्किमको सत्तारोहणका लागि वर्तमान मुख्यमन्त्री एवं सिक्किम क्रान्तीकारी चोर्चाका पिएस गोले र पुर्व मुख्यमन्त्री एवं सिक्किम डेमोक्रेटिकफन्टका चाम्लिङ आमनेसामने हुँदैछन् । सिक्किम पुगेर त्यही विधानसभा चुनावका लागि पुर्वमुख्यमन्त्री चाम्लिङको पक्षमा मतदाता प्रभावित पार्न खोजेको आरोपमा भ्लगर राईलाई पक्राउ गरिएको हो । घुमफिरका क्रममा सिक्किम पुगेकी उनी केवल गोले र चाम्लिङ पक्षको चेपुवामा परेकी हुन् ।

उनको गिरफ्तारीपछि सिक्किमका विभिन्न राजनीतिक संगठनले विरोध गरेका थिए । यस्तै, नेपालका किरात राई समुदायले पनि निर्दोषलाई पक्राउ गरिएको भन्दै बिरोध जनाएका थिए ।

 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस