२०८१ पुष ९ गते मङ्गलवार | 2024 December 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वर्ण जित्दाको खुसी बाँड्न नपाउँदै दुखद दुर्घटनामा अस्ताइन् नीता

Not being able to share the joy of winning the gold, Neeta met with a tragic accident

कैलाली । प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा प्रदेशलाई स्वर्ण पदक जिताएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया नीता खड्का निकै उत्साहित थिइन् । ५२ किलो तौलमा प्रदेशलाई स्वर्ण दिएकी खड्का न आफ्नो जितको उत्सव मनाउन पाइन् नत परिवार तथा आफन्तसँग खुसी साट्न पाइन् ।

बागमती प्रदेशको राजधानी हेटौडा,मकवानपुरमा मकवानपुर उसु संघले आयोजना गरेको राष्ट्रिय उसु प्रतियोगितामा अभूतपूर्ण सफलता हात पारेको सुदूरपश्चिममा एक स्वर्ण नीताले पनि जोडेकी थिइन् । मङ्गलवार र बुधवार सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमले २२ स्वर्ण,२२ रजत र ३६ कांस्य गरी जम्मा ५२ पदकमा १४ स्वर्ण,२ रजत र ४ कांस्यका जम्मा २० पदक प्राप्त गर्न गरेको थियो ।

खेलाडीहरूले दिलाएको ऐतिहासिक समयमा उत्साहितहरूको खुसी धेरै समय टिक्न सकेन । कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे खेलाडी सवार बसलाई ट्रकले ठक्कर दिँदा स्वर्ण पदक विजेता निताको मृत्यु भयो ।

ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो । जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरे । ‘स्वर्ण पदक जितेको खुसी परिवारसँग बाँड्ने खड्काको सपना अधुरो रह्यो’ नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम अध्यक्ष प्रकाश कुमार चन्दले भने, ‘हामीले एक होनहार र अनुशासित खेलाडी गुमायौ । हामी उनको मृत्युले स्तब्ध भएका छौ । ’

नीताले प्रदेशका लागि मात्रै नभई देशका लागि पनि उसुमा स्वर्ण जित्ने अपेक्षा गरिएको थियो । तर, उनले निधनले एक कुशल खेलाडी गुमेको चन्दले बताए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । दुर्घटनामा खेलाडीहरू पुष्पा कुवर, सपना तामाङ,सृजना बिसी, मुकेश कार्की,अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दीपक चौधरी र ज्ञानु विक घाइते भएका छन् । त्यस्तै निर्णायकहरू खुसीराम चौधरी,राजीव गुप्ता र एलिसा खाती पनि घाइते भएका छन् ।

 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस