२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चन्द, थापा र लोहनीले एउटै मंचमा उभिएर सम्झिए राजा वीरेन्द्र, राष्ट्रवादी शक्ति एकै ठाउँमा आउनुपर्नेमा जोड

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा निर्देशन समितिका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले एउटै मंचमा उभिएर राजा वीरेन्द्रको स्मरण गरेका छन् । उनीबाट देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे उनीहरुले चर्चा गरे ।

राप्रपा नेपालद्वारा काठमाडौंमा आयोजित ‘स्व. वीरेन्द्रः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिक माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवी प्रवर्द्धनमा उनको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका छन् । २००२ मा जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको घटनामा उनीसहित परिवारको वंशनाश भएको थियो । नेपालको शाह वंशीय इतिहासमा उक्त घटनालाई रहस्यपूर्ण घटनाका रुपमा हेरिँदै आएको छ ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र बिकासको दृष्टिकोणबाट हेर्दा स्वर्गीय राजा वीरेन्द्रको भुमिका र योगदान अतुलनिय रहेको विचार व्यक्त गरे । राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राख्ने राजा वीरेन्द्र भएको भन्दै देशभित्रका शक्तिबीचको एकतामा उनको विशेष जोड रहेको बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिक इतिहासमा मुलुकको आधुनिकीकरण र प्रजातन्त्रको जगलाई बलियो बनाउन राजा वीरेन्द्रबाट महत्वपूर्ण योगदान भएको बताए ।

अध्यक्ष थापाले भने, ‘राष्ट्रवादी, विकासप्रेमी र लोकप्रिय राजा वीरेन्द्रबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न अतुलनीय योगदान भएको छ । पूर्वपश्चिम राजमार्गको पूर्णता, औद्यागिक विकास, अर्थतन्त्र सुदृढीकरण र जिल्ला सदरमुकामा सडक जोड्ने उहाँको सोच र कार्य महत्वपूर्ण छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समितिका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले देश विकास र सन्तुलित परराष्ट्र नीतिका लागि राजा वीरेन्द्रले देखाएको बाटो अध्ययन गर्न सरकार र राजनीतिक शक्तिलाई सुझाव दिए । लोहीनले भने, ‘राजा वीरेन्द्रले मुलुक सानो छ भन्ने मनोभावना कहिलै नबोक्न र विदेशीसँग हुने भेटवार्ता तथा छलफलमा राष्ट्रिय स्वार्थलाई निर्धक्क अघि राख्न निर्देशन हुन्थ्यो । आज त्यो कुराको कमी देखिन्छ ।’

कार्यक्रमका राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष रत्नशमसेर राणा र परराष्ट्रबिद डाक्टर निश्चलनाथ पाण्डेले इतिहासको अध्ययन नगरी वर्तमानबारे बुझन नसकिने हुँदा राजा वीरेन्द्रबाट भएका कतिपय महत्वपूर्ण योगदानबारे आमनेपाली जनताले जान्न र थाहापाउन जरुरी रहेको बताए ।

सहभागीहरुले राजा वीरेन्द्रले अमेरिका, रुस, चीन र भारतलाई सन्तुलित कुटनीतिकका माध्यमबाट मिलाएर देश विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा छवि उझिल्याउन ठूलो योगदान भएको चर्चा गर्दै औद्योगिक विकासका माध्यम्बाट देशलाई आर्थिक समृद्धिमा पु¥याउने सोच देशहितको पक्षमा रहेको समेत टिप्पणी गरे । राप्रपा नेपालद्वारा आयोजित कार्यक्रममा राप्रपाका नेताद्वय चन्द र लोहनिको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ भने । कार्यक्रममा लोहनीले राष्ट्रबादी शक्तिहरु अझ विशेष राप्रपाहरु एकै ठाउँमा बस्ने बाताबरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रत्युत्तरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश, बिचार र समृद्धिको लागि राष्ट्रबादी शक्ति एकै ठाउँमा हुनुपर्ने आबश्यकता औल्याउँदै कमि कमजोरीलाई सबैले सुधारेर फराकिलो भई अघि बढ्नु पर्ने आबश्यकता औल्याए ।

 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस