२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना

Bus accident in Dang for forest feast

दाङ । दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना भएको छ । बर्दियाबाट दाङको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै आज बिहान साढे ७ बजे दुर्घटनामा भएको हो । बर्दियाको बढैयाताल गाउँपालिका-६ को पिपरहवा कृषि कृषक समूह वनभोजका लागि चखौरा जाँदै थियो ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार २० जना घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस