२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वप्रकाश शर्मा ओली निवास पुगेपछि संसारभर रहेका नेपाली कांग्रेसजनमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज अचानक नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । यो देखेपछि संसारभर रहेका नेपाली कांग्रेसजनमा तरंग पैदा भएको छ ।

नेकपा माओवादी (केन्द्र) सँगको गठबन्धन नफेर्ने सभापति शेर बहादुर देउवाले अडान लिएपछि कांग्रेसको युवा नेतृत्व नेकपा एमालेसँग सम्वाद र सहकार्यका लागि जोडिएको छ । केन्द्रीय समिति बैठकमा सभापतिको दवावमा माओवादीसँगको गठबन्धनको विकल्प नसोच्ने औपचारिक निर्णयबाट असन्तुष्ट बनेर युवा नेतृत्व एमालेसँगको सहकार्यका लागि तयार भएको स्रोतको दावी छ । त्यसका लागि तत्काल सम्वाद सुरु गर्न विश्वप्रकाशलाई तोकेर ओली निवास पठाइएको स्रोतले खुलायो । त्यस कुरालाई विश्वप्रकाशले नै सार्वजनिक गरेका छन् ।

श्रद्देय केपि शर्मा ओलिज्युसँग उहाँको घरमाथि पारिलो घाम ताप्दै केही पुराना स्मृति केही नवीन परामर्श !

भिन्न पृष्ठभुमि र भिन्न आस्था भएर पनि जब हामी `एक ठाँउमा´ उभिएका थियौं, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो l सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुछ, संविधानप्रती अपनत्वको दायरा बढाउनुछ र समुन्नतिको यात्रामा गति बढाउनुछ l

०६२/६३ को जनान्दोलनका सहयात्रीहरुले सिंगो देशको यो साझा कार्यभार पूरा गर्न एकातर्फ साझा दृस्टी तय गर्नुछ, अर्कोतर्फ त्यो दृस्टीमा नयाँ दलहरूलाई पनि सँगै सहकार्यमा गाँसेर अघि बढ्नुछ l भोलि पुस १६ गते अपरान्ह १.०० बजे प्रज्ञा भवन कमलादीमा हामी सँगै हुनेछौं l

#आउनोस् केही भावना साटौं, केही संकल्प गरौं !

 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस