काठमाडौं । काठमाडौं सहित आसपासका धेरै जिल्लामा भर्खरै भूकम्पको धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निचुडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट के कति क्षति भएको भन्ने एकिन भइसकेको छैन । भूकम्प अहिले रातिको १० बजे २१ मिनेट जादा गएको हो।
प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार