२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मृतकका परिवारलाई १० लाख दिने सरकारले घाइतेलाई के गर्छ ?

काठमाडौं । शुक्रबार बालकुमारी घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई सरकारले जनही १०/१० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । आज (शनिबार) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । घटनामा घाइते सबैको उपचार खर्च पनि सरकारले व्यहोर्ने भएको छ । बालकुमारी घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई सरकारले उक्त राहत रकम उपलब्ध गराउन लागेको हो ।

मन्त्रिपरिषद् बैठकले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराउनुभयो । सो घटनामा निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस