२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारी घटनामा सरकारले बल प्रयोग गरेको आरोप लगाउनु भएको छ । शुक्रबार ललितपुरमा दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई युवकको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा दैलेखका २३ वर्षीय सुजन राउत र डोटीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो ।

सोही विषयमा अध्यक्ष ओलीले फेसबुकमार्फत लेख्नु भएको छ, होनाहार दुईजना नवयुवकको ज्यान गयो । बल प्रयोग समस्याको समाधान होइन । समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ । घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर ।’ अध्यक्ष ओलीले अब यस्तो कहिलै नहोस् ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस